Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

रमजान र इदको अवसरमा युएईले १६६ नेपालीलाई दियो आममाफी

रमजान र इदको अवसरमा युएईले १६६ नेपालीलाई दियो आममाफी

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)ले १६६ जना नेपालीलाई आममाफी दिएको छ ।

रमजान महिना र ईदको अवसरमा युएई सरकारले विभिन्न अपराधमा जेल जीवन बिताइरहेका १६६ नेपाली कैदीलाई आममाफी दिएको हो ।

परराष्ट्र मन्त्रालयले उक्त निर्णयप्रति युएई सरकारलाई धन्यवाद दिएको छ। दुई देशबीचको सम्बन्धलाई थप सौहार्दता प्रदान गरेको र यस प्रकारको क्षमादानलाई नेपाल सरकारले उच्च मूल्यांकन गर्ने परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ।

सरकारले युएईस्थित नेपाली दूतावासमार्फत कैदीबन्दी नेपालीहरूलाई माफी दिन अपील गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077