Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने सरकारको निर्णय

एआइटीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने सरकारको निर्णय

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक सङ्कटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र भएकाले सो अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहँदा सो संस्थामा सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077