मकवानपुर । मकवानपुरको सिस्नेरीमा खाल्डोमा जमेको पानीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इन्द्रसरोवर गाउँपालिका ३, सिस्नेरी चौकीनजिकै डुबेर उनीहरूको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सोही स्थानका श्यामबहादुर आचार्यका १२ वर्षीय छोरा सुसन आचार्य, १५ वर्षका भान्जाहरू प्रविन घोरासैनी र प्रविस घोरासैनी रहेका छन् । काभ्रे घर भएका प्रविन र प्रविस दुई दिनअघि मात्रै मामाघर आएका थिए।
असोजमा आएको पानीले सिस्नेरीको सडक बगाएर बनेको खाल्डोमा उनीहरू नुहाउन गएको बुझिएको छ ।