Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

दुर्गा प्रसाईविरुद्ध उजुरी दर्ता

दुर्गा प्रसाईविरुद्ध उजुरी दर्ता

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

मायाको पहिचान नेपालले प्रसाईमाथि लैङ्गिक तथा यौनिक अल्पसंख्यक (एलजीबीटीआई) समुदायविरुद्ध गलत सूचना र घृणास्पद अभिव्यक्ति फैलाएको आरोपमा उजुरी दर्ता गरेको हो ।

उजुरीमा उनले समलिङ्गी विवाहबारे झूटो प्रचार गरेको र यो समुदायको कानूनी मान्यताको अपमान गरेको दाबी गरिएको छ ।

संस्थाले प्रसाईका अभिव्यक्तिको छानबिन, कानूनी कारबाही, र गलत सूचना रोक्न माग गरेको छ ।

दुर्गा प्रसाईं यतिबेला तीनकुनेमा जारी राजावादीहरुको आन्दोलमा सहभागी छन् । उनलाई हिजो मात्रै ‘राजसंस्था पुनःर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को कमाण्डरको जिम्मेवारी दिइएको थियो ।

समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै कमाण्डरको जिम्मेवारी प्रसाईलाई दिइएको जानकारी गराएको थियो । तर, आजै उनीविरुद्ध उजुरी परेको हो । प्रसाईं यस अघि पनि पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077