Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १७ गतेसम्मका लागि स्थगित

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित भएको छ ।

बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।

सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरे पनि सहमति जुट्न नसकेपछि बैठक १७ गतेसम्मका लागि सारिएको हो ।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्। तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।

सत्तापक्ष र प्रतिपक्षको अडानका कारण संसदका कामकारबाही प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077