काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले राजावादी र गणतन्त्रवादीप्रति कटाक्ष गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उनले पूर्वराजा र नेताहरूले काम केही नगर्ने भन्दै टिप्पणी गरेका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धरान आएर पाइप तान्न र नेताहरूले ढुङ्गा बोक्न अनुरोध गरे ।
उनले लेखेका छन्, 'राजा आउँ बेस्सरी पाइप तानेर जाउँ ! नेता आऊ रास रास ढुङ्गा बोकेर जाऊ ! काम चाहिँ गर्नु छैन..! बात कर्ता है !'