काठमाडौं । पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ ।
पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए ।
स्ववियु सचिवमा अनेरास्ववियुका विराट दुवाडी १४१३ मतसहित निर्वाचित भए । कोषाध्यक्षमा एमालेनिकट अनेरास्ववियुका सन्दिका गुरूङ १३०४ मत ल्याएर निर्वाचित भइन् ।
पिएन क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन तय भएको थियो। तर मतपत्रमा अखिल छैठौंको मत संकेत गर्ने ठाउँमा कोष्ठक चिह्न नै नभेटिएपछि मतदान रोकिएको थियो।
आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए ।