Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउनु हुँदैन्थ्यो : हरिवंश आचार्य

कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउनु हुँदैन्थ्यो : हरिवंश आचार्य

मंगलवार , चैत्र ११, २०८१

काठमाडौं । कलाकार हरिवंश आचार्यले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कुलमान हटाउने सरकारको निर्णय गतल भएको बताएका हुन् ।

“कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउँन हुँदैन थियो,” उनले लेखेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077