Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कमरेड प्रचण्ड साह्रै बाठो, कुलमानसँग टीआरसी साटे : ज्ञानेन्द्र शाही

कमरेड प्रचण्ड साह्रै बाठो, कुलमानसँग टीआरसी साटे : ज्ञानेन्द्र शाही

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टिआरसीसँग कुलमान घिसिङ साटेको आरोप लगाएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेपछि उनले पूर्वप्रधानमन्त्री प्रचण्डमाथि सो आरोप लगाएका हुन् ।

कुलमान घिसिङलाई हटाउने योजना साटेर माओवादीले सरकारसँग सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी सहमति गरेको आरोप लगाए ।

शाहीले सिंहदरबारमा शीर्ष तीन दलका नेताहरूबीच भएको गोप्य बैठकमा प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सहमति गरेको दाबी गरे ।

उनका अनुसार सहमतिअनुसार सरकारले कुलमान घिसिङलाई हटाउने, टीआरसी विधेयक हुबहु पारित गर्ने, र माओवादी नेतृत्वका नेताहरूमाथि गैरन्यायिक हत्या तथा मानव अधिकार उल्लङ्घनका घटनामा कुनै मुद्दा नचलाउने सहमति भएको छ ।

'कमरेड प्रचण्ड सार्है नै बाठो छन्। टीआरसीसँग कुलमान पो साटेछन्,' शाहीले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077