Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

टीके प्रथाबाट प्रेस चौतारीको नेतृत्व चयन, अध्यक्षमा पाण्डे

टीके प्रथाबाट प्रेस चौतारीको नेतृत्व चयन, अध्यक्षमा पाण्डे

सोमवार , चैत्र १०, २०८१

काठमाडौं । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा निवर्तमान उपाध्यक्ष गणेश पाण्डेको नाम घोषणा गरिएको छ ।

विराटनगरमा जारी महाधिवेशनका क्रममा प्रतिस्पर्धामा जान नदिएरै नयाँ नेतृत्व घोषणा गरिएको हो । निवर्तमान उपाध्यक्ष राजेश राईसहितलाई निर्वाचनमा जान निषेध गरेर पाण्डेको नाम घोषणा गरिएको छ ।

यसअघि राईलाई प्रेस चौतारीको अध्यक्ष बनाउने सहमति भएको थियो । जसअनुसार एमाले सचिवालय बैठकले अध्यक्ष पदका अर्का आकांक्षी पाण्डेलाई प्रचार विभागको सचिव पदमा नियुक्त गरेको थियो ।

तर उनले प्रचार विभाग सचिव पदको शपथ लिइसकेपछि राजिनामा बुझाएर प्रेस चौतारीको अध्यक्षको दाबी गरेका थिए । एमालेले चौतारीको नेतृत्व टीके प्रथामा गएर चयन गरेको हो ।

यसैगरी, चौतारीको महासचिवमा हिरामान लामा दोहोरिएका छन् । उपाध्यक्षमा चेतन अधिकारी आएका छन् । महिला उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट आएकी कृपा भण्डारीलाई बनाइएको छ ।

निवर्तमान अध्यक्ष गणेश बस्नेतले ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छन् । राई पक्षले निर्वाचनको माग गरेको थियो । तर, त्यो पक्षलाई निर्वाचनमा जान नदिइ पाण्डेको नाम घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077