Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली चाहिन्छ : बाबुराम भट्टराई

देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली चाहिन्छ : बाबुराम भट्टराई

सोमवार , चैत्र १०, २०८१

पोखरा । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेशद्वारा आयोजित प्रथम महाधिवेशनको भाव सम्प्रेषण तथा प्रशंसा अभियान उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् ।

उनले देशको स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रणाली नै प्रमुख संवाहक हुने धारणा राखे।

भट्टराईले वर्तमान राजनीतिक अस्थिरताको अन्त्य गर्न र देशलाई स्थायित्वतर्फ लैजान कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक भएको उल्लेख गरे।

उनले वर्तमान संसदीय प्रणाली कमजोर भएकाले प्रभावकारी सरकार निर्माणमा अवरोध सिर्जना भइरहेको तर्क गरे।

उनले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि पूर्ण समानुपातिक संसदीय प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077