Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

दाङको प्लाइ उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

दाङको प्लाइ उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन

सोमवार , चैत्र १०, २०८१

दाङ । दाङको घोराहीमा रहेको प्लाइ उद्योगमा आगगाली भएको छ ।

खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा विद्युत सट भएर राती करिव साढे १ बजेदेखि आगो लागेको हो ।

आगो अझै नियन्त्रणमा आएको छैन। आगलागीका कारण प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ ।

उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

मानवीय क्षति भने भएको छैन। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077