Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कैलालीको जंगलमा बसेका विदेशीले सिडिओको आदेश मानेन्, खाली हात फर्के प्रहरी

कैलालीको जंगलमा बसेका विदेशीले सिडिओको आदेश मानेन्, खाली हात फर्के प्रहरी

सोमवार , चैत्र १०, २०८१

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–९ स्थित सिमली जङ्गलमा गैरकानुनी तरिकाले बसिरहेका विदेशी नागरिकले प्रशासनको निर्देशन अटेर गरेका छन् ।

उनीहरू बस्दै आएका जङ्गल तत्काल नछाड्ने अडान लिएपछि प्रहरी खाली हात फर्केका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार २४ घण्टाभित्रै जङ्गल छाड्न निर्देशन दिएको थियो  ।

निर्देशनपछि १३५ जनामध्ये ४५ जनाले जङ्गल छाडेर गइसकेका छन् भने अझै ९० जना विदेशी पर्यटक त्यहीँ बसिरहेका छन् ।

निर्देशनको अटेरी गरेपछि प्रहरीको एक टोली उनीहरू बसेको ठाउँमा गएको थियो तर जति आग्रह गरे पनि उनीहरूले ठाउँ नछाडेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077