Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

नागढुंगामा हाइस दुर्घटना : एकको मृत्य, ९ जना घाइते

नागढुंगामा हाइस दुर्घटना : एकको मृत्य, ९ जना घाइते

आइतवार , चैत्र ९, २०८१

काठमाडौं । चितवनबाट यात्रु लिएर काठमाडौं आएको हाइस गाडी नागढुंगामा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाका अनुसार ग १ ख ५५४६ नम्बरको हाइस चन्द्रागिरि नगरपालिका–२, नागढुंगा ढलानमा आइतबार अपराह्न पाँच बजे दुर्घटनामा परेको हो ।

रोकिराखेको अवस्थामा गाडी गुडेर अनियन्त्रित भई सडक पेटीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकी २५–२६ वर्षीय सबिना गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गाडीचालक नुवाकोट बेलकोटगढी घर भएका राजेश गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077