Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज पनि दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५६ करोडको सेयर कारोबार

आज पनि दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५६ करोडको सेयर कारोबार

बिहिवार , चैत्र ६, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ।

गत आइतबारदेखि घट्ने क्रममा रहेको नेप्सेले आज पाँचौं दिन पनि निरन्तरता पाएको हो। आज नेप्से परिसूचक १२.२८ अंकले घटेर २६६९.७६ विन्दुमा अडिएको छ।

बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ। गत कारोबार दिन अर्थात् बुधबार पाँच अर्ब १४ करोडको सेयर कारोबार भएकोमा बिहीबार चार अर्ब ५६ करोडको कारोबार भएको छ।

यो रकम अघिल्लो दिनको तुलनामा ५८ करोड रूपैयाँ कमी आएको हो।नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि साताभर ओरालो लाग्यो।

आज ३१२ स्क्रिप्सको ९५ लाख ९९ हजार ३४३ कित्ता सेयर ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको सेयर कारोबार भयो।

आइतबार ६ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार ५ अर्ब ४० करोड,मंगलबार ४ अर्ब र बुधबार ५ अर्ब बराबरको सेयर कारोबार भयो।

साताभर कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077