Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज पनि दोहोरो अंकले घट्यो नेप्से, सेयर कारोबार भने बढ्यो

आज पनि दोहोरो अंकले घट्यो नेप्से, सेयर कारोबार भने बढ्यो

बुधवार , चैत्र ५, २०८१

काठमाडौं । बुधबार पनि सेयर बजार परिसूचक नेप्से १४.८ अंकले घटेको छ ।

अघिल्लो दिन ७.६ घटेको बजार आज १४.८ अंकले घटेर २६८२.१५ विन्दुमा अडिएको हो ।

बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो ।

५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रह्यो । मंगलबार ४ अर्बको कारोबार भएको थियो।

त्यसअघि सोमबार ५ अर्ब ४० करोड र आइतबार ६ अर्ब ८३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

होटल तथा पर्यटन ०.१० तथा व्यापार ०.६० प्रतिशत बढे भने अरु सबै सेक्टरक सूचक घटे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077