काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सिमेन्टको मूल्य अत्याधिक बढेको भन्दै सिमेन्ट उत्पादक संघका पदाधिकारीहरुलाई बैठकमा बोलाएको छ ।
जारी बैठक अहिले भाँडिएको छ । समितिका सदस्यहरूले जारी बैठकमा सिमेन्ट उद्योगीले धम्की दिएको भन्दै फिर्ता नलिए बैठक नै बस्न नदिने बताएका छन् ।
समितिको बैठकमा नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापाले ‘हामीलाई यहाँ पटक–पटक किन बोलाइन्छ ? हाम्रो काम उद्योग चलाउने हो, अब बोलाइयो भने हामी आउँदैनौं’ भनेपछि सांसदहरु आक्रोशित बनेका थिए ।
उद्योगी थापाले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै समिति सदस्य सूर्यमान तामाङ दोङले धम्की फिर्ता नलिए बैठक नै बस्न नसकिने बताए ।
उनले भने–‘उद्योगीहरूले धम्की फिर्ता नलिने भए हामी समितिको बैठकमा बस्दैनौं । धम्की खानका लागि हामीले तपाईंलाई यहाँ बोलाएको होइन, विषय अलि गम्भीर भयो । तपाईंले विद्युत् प्राधिकरणको पैसा नतिरेको भन्ने आरोप छ। यो गुनासो छ भनेर तपाईंको कुरा सुन्न बोलाइएको हो ।’
उनले धम्की आपत्तिजनक रहेको भन्दै आफ्ना कुरा लुकाउन लोडसेडिङ देखाएको पनि दावी गरे ।
त्यसैगरी समिति सदस्य रमा कोइराला पौडेलले ‘बैठक सभापतिले बोलाउनु भएको हो कि व्यवसायीले बोलाएको हो ?’ भन्दै प्रश्न गरिन् ।
उनले भनिन्–‘सिमेन्ट उत्पादकका कुरा मान्य छैन । धम्की मान्य छैन । अहिले लोडसेडिङ छ कि तपाईंले सस्तो दिँदा थियो कि अहिले धेरै छ ? बेमौसममा सिमेन्टको मूल्य बढाउँदा राष्ट्रको बजेटमै समस्या परेको छ । जहाँ प्रधानमन्त्रीलाई बोलाउँदा त आउनुपर्छ भने तपाईं आउँदिनँ भन्न पाउनु हुन्न । यहाँ हामीले सौहार्द्धपूर्ण तावरणमा बोलाएको हो । राज्यले निजी क्षेत्रलाई पुल्पुल्याएको रहेछ । नत्र, उहाँहरूले धम्काउन सक्नुहुन्थेन ।’
सिमेन्टको भाउ बढेकोप्रति मिलान गर्नेबारे सोच्न उद्योगमन्त्रीसँग आग्रह गरेकी उनले भनिन्–‘सिमेन्टले परेको प्रभावबारे उजुरीका चाङ छन् । अब खोल्छौं, अनि कसरी नआउनु हुँदोरहेछ हामी पनि हेर्छौं । कति घटाउन सकिन्छ मन्त्रीले विचार गर्नुपर्छ ।’
त्यसैगरी अर्का सदस्य लक्ष्मी महतो कोइरीले सिमेन्ट उद्योगीमा अहंकार धेरै भएको प्रतिक्रिया जनाइन् ।
उनले भनिन्–‘सिमेन्ट उद्योगपतिजी म पनि इँटा भट्टा चलाएर आएको हो । तपाईंलाई पाठ सिक्ने मौका आयो । मन्त्रीको आडमा तपाईंहरू यस्तो हुनुभएको हो कि के हो ? तपाईंले पहिला आफ्नो भाषा सुधार्नुस् ।’
समितिका अर्का सदस्य अमृतादेवि अग्रहरिले भने उद्योग मन्त्रालयले दोषीको भूमिका खेलिरहेको आरोप लगाइन् ।
उनले भनिन्–‘मन्त्रालयले नभनी उद्योगीले त्यसै सिमेन्टको भाउ बढाउन सक्छन् ? उद्योगीले के गलत भनेको छन् भने डिजेल हालेर मेसिन चलाएर सिमेन्टको भाउ बढाउनुपर्यो भन्न पाइँदैन । आमजनतालाई ठग्न पाइँदैन, यो गलत हो । यसको जिम्मेवारी मन्त्रालयले लिनुपर्छ । तपाईंहरूलाई कारबाही गर्ने काम मन्त्रालयले गर्छ ।’
त्यस्तै सदस्य लालप्रसाद साँवा लिम्बूले ‘साउनयता सिमेन्ट कारखानामा कच्चापदार्थको मूल्य कति छ ? बैंकको ब्याज कति भयो ? डिजेल पेट्रोल के भयो ? कामदारलाई कति दिनुभयो ? सरकारले यो बीचमा कति कर बढायो ?’ भन्नेबारे सरकारले अध्ययन गर्नुपर्ने बताए ।
अर्का सदस्य रेखा यादवले मूल्यवृद्धि हुँदा सरकार किन मौन बसेको भन्दै प्रश्न गरिन् । उनले भनिन्–‘यो मौनता कतै मिलोमतो त होइन ?
Leave a Reply