अछाम । अछामको साँफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको छ ।
बिहीबार बसेको कार्यपालिकाको छैठौं बैठकले निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई लक्ष्मी प्रशाद शर्मा ७२ घण्टे स्पष्टीकरण सोधेको हो ।
माघ १८ गते देखि कार्यालयमा कुनै जानकारी नदिई सम्पर्कविहीन भएकोले के कति कारणले कार्यालयका अनुपस्थिति भएको हो भनेर तीन दिने स्पष्टीकरण सोधिएको नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले जानकारी दिए ।
आर्थिक जिम्मेवार प्राप्त निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्मा बिना जानकारी सम्पर्कविहीन भएपछि कार्यालयको आर्थिक गतिविधि ठप्प भएको छ ।
लेखा अधिकृत शर्मा करिब ५ बर्षदेखि साँफेबगर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । योसँगै मेयर र निमित्त प्रमुख प्रशासकीयबीचको विवाद सतहमा आएको छ ।