Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

चितुवाले आक्रमण गर्दा बालकको मृत्यु

चितुवाले आक्रमण गर्दा बालकको मृत्यु

आइतवार , फाल्गुण ४, २०८१

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका-७ भाट चोकस्थित मनोज कँडेलको घरमा चितुवाले आक्रमण गर्दा अढाई वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार रिहान मनोजका भान्जा हुन् । आमा रचना चलाउनेसँग मामा घर भएको बेला शनिबार साँझ करिब सात बजेतिर बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएको थियो ।

खोजतलास गर्ने क्रममा दुई घण्टापछि करिब पाँचसय मिटर टाढा बालकको शव फेला परेको प्रहरीले जनाएको छ । गाउँमा चितुवा आतंक बढेपछि स्थानीय त्रसित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077