Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

धनगढी बन्यो नेपालकै सबैभन्दा धेरै प्रदूषित सहर

धनगढी बन्यो नेपालकै सबैभन्दा धेरै प्रदूषित सहर

आइतवार , फाल्गुण ४, २०८१

कैलाली । धनगढी नेपालकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको हो ।

पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित थियो । नेपालको वायु गुणस्तर मापन गर्दै आएको वातावरण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीका अनुसार पछिल्लो २४ घन्टामा धनगढीको वायु प्रदूषण १८२ मापन गरिएको थियो ।

शुक्रबारसम्म गण्डकी प्रदेश राजधानीको वायु प्रदूषण उच्च मापन गरिँदै आइएको थियो । आज दोस्रो स्थानमा रहेको भक्तपुरको १८२ एक्यूआई वायु प्रदूषण मापन गरिएको छ ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077