Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

तातोपानी कुण्डको संरक्षण आवश्यक छ : प्रचण्ड

तातोपानी कुण्डको संरक्षण आवश्यक छ : प्रचण्ड

मंगलवार , माघ २२, २०८१

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताएका छन् ।

म्याग्दीको वेनी हरियालीचोकबाट तातोपानी कुण्डसम्म बिहानी पैदल यात्रा गरेका अध्यक्ष प्रचण्डले कुण्ड संरक्षणमा जोड दिएका हुन्।

उनले प्राकृतिक उपचार केन्द्रको रुपमा रहेको म्याग्दीको तातोपानी कुण्डको संरक्षण आवश्यक रहेको बताए।

प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला,नसा,ग्याष्ट्रिक,बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने विश्वास गरिन्छ ।

आफूले सरकारको नेतृत्व गर्दैगर्दा तातोपानी कुण्ड संरक्षणका लागि तटबन्धलाई प्राथमिकता दिएको र आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै उनले यो योजना बहुवर्षीय टेण्डरमा गएकाले तटबन्ध निर्माण सुनिश्चितता भएको बताए।

आफू केही वर्षअघि केही मन्त्रीहरूसहित तातोपानी कुण्डको निरीक्षणमा आएको र त्यतिबेला यसको निकै प्रचार पनि भएको उल्लेख गर्दै उनले यहाँको समस्याको बारेमा पनि प्रारम्भिक जानकारी आफूलाई भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077