Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आज नेपाल आइपुग्दै बेलायतका राजकुमार दम्पती

आज नेपाल आइपुग्दै बेलायतका राजकुमार दम्पती

मंगलवार , माघ २२, २०८१

काठमाडौं । बेलायतका राजकुमार र राजकुमारी निजी भ्रमणमा आज नेपाल आउँदै छन् ।

राजकुमार एडवार्ड र राजकुमारी सोफिया करिब एक साताको निजी भ्रमणका लागि आउन लागेका हुन् ।

काठमाडौंस्थित बेलायती दूतावासका अनुसार राजकुमार एडवार्ड अहिले भारत भ्रमणमा छन्। उनी दिल्लीबाट एक्लै नेपाल अवतरण गर्नेछन्। यस्तै राजकुमारी सोफिया लन्डनबाट काठमाडौं आउँदैछिन् ।

राजकुमार एडवार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् ।

काठमाडौंका विद्यालय र अस्पतालमा आयोजित कार्यक्रममा सहभागी भई उनी पोखरा भ्रमणमा जानेछन्।

पोखरामा उनीहरूले ब्रिटिस गोर्खा सैनिकका परिवारसँग पनि भेटघाट गर्नेछन्। उनीहरु आगामी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077