काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिन लागिएको हो ।
आज कलंकी मालपोत वरिपरिका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ ।
बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणले जनाएको छ ।