Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्व उपविजेता खो-खो टोलीका सदस्यलाई चैतन्य पाठशालाको सम्मान

विश्व उपविजेता खो-खो टोलीका सदस्यलाई चैतन्य पाठशालाको सम्मान

सोमवार , माघ २१, २०८१

धनगढी । धनगढीमा रहेको चैतन्य पाठशालाले आज वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा खो-खो विश्वकप उपविजेता टोलीका सदस्यहरुलाई सम्मान गरेको छ ।

आज सरस्वती पुजाको अवसरमा पाठशालाले एक कार्यक्रमकाबीच सुदूरपश्चिमबाट खो-खो विश्व खेलेका १२ जना खेलाडीहरुलाई जनही पाँच हजारसहित सम्मान पत्र प्रदान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिँहले खेलाडी, राष्ट्र सेवकलाई सम्मानसहित समाजिक कार्यक्रम चैतन्यले गर्दै आएको बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले चैतन्य पाठशालाबाट हामी सबैले सामाजिक क्षेत्रमा खेलेको भुमिकालाई सम्मान गर्नुपर्ने धारणा राखे । मन्त्री खड्काले चैतन्य पाठशाला सुदूरपश्चिम कै एक उदाहरणीय काम गरिराखेको र अझै सुदूरपश्चिम प्रदेशकै अग्रणी धरोहर बन्न शुभकामना व्यक्त गरे ।

यस्तै पाठशालाले पत्रकार महासंघ कैलालीलाई पत्रकार महासंघको सूचनाकेन्द्र स्थापनार्थ प्राविधिक सामाग्री दुई थान डेस्क टप, २ थान मनिटर र १ एक थान प्रोजेक्टर सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077