Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

आजदेखि काठमाडौं र ललितपुरका केही ठाउँमा बिजुली अवरुद्ध

आजदेखि काठमाडौं र ललितपुरका केही ठाउँमा बिजुली अवरुद्ध

सोमवार , माघ २१, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका केही ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ ।

प्राधिकरणले कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विद्युतीय लाइन भूमिगत गर्न लागेको छ । सोही अनुसार २९ गतेसम्म ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध गर्न लागिएको हो ।

प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ ।

यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077