Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

मोन्टीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने - तपाईंको योगदान सम्झिरहने छौँ

मोन्टीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले भने - तपाईंको योगदान सम्झिरहने छौँ

आइतवार , माघ २०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक मोन्टी देशाईलाई धन्यवाद दिएका छन् ।

सामाजिक सञ्जालमा एक तस्बिर साझा गर्दै प्रधानमन्त्री ओलीले उनलाई धन्यवाद दिएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षकमा निरन्तरता नदिने निर्णय गरेपछि शनिबार बिदा भएका देशाईलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

उनले लेखेका छन्, 'धन्यवाद कोच मोन्टी ! नेपाली क्रिकेटमा तपाईंको योगदान सम्झिरहने छौँ।'

देशाईको कार्यकालमा नेपालले ओडिआई मान्यता जोगाउनुका साथै ओडिआई विश्व कपको छनोटसमेत खेलेको थियो। उनकै कार्यकालमा नेपालले पहिलो पटक एसिया कपसमेत खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077