Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या गरेको आरोपमा २ जना पक्राउ

प्युठानमा ६९ वर्षीय पुरुषको हत्या गरेको आरोपमा २ जना पक्राउ

आइतवार , माघ २०, २०८१

प्युठान । प्युठानमा ६९ वर्षीय पुरुषको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा दुई जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानको टोलीले पक्राउ गरेको हो।

१८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ उपल्लो फुर्सेधारास्थित खुङ्ग–नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा फेला परेका थिए ।

मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय प्युठानबाट डीएसपी बस्यालसहितको टोली घटनास्थल गएको थियो।

उपाध्यायको टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट देखिएपछि हत्याको आशंकामा अनुसन्धान अघि बढाउँदा २४ घण्टा नबित्दै हत्या आरोपितलाई पक्राउ गर्न सफल भएको हो ।

अनुसन्धानका क्रममा गाउँकै लोकबहादुर र जेदु कुमारीले योजना बनाएर हत्या गरेको खुलेको प्रहरीका भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077