Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आइतवार , माघ २०, २०८१

गुल्मी । गुल्मीमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

कालीगण्डकी गाउँपालिका–२ मा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो ।

अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्रयाक्टर आज विहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा लु३त ५११२ नंको ट्रयाक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ् नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077