काठमाडौं । अवैध तरिकाले अमेरिका प्रवेश गरेका तीनजना नेपाली निष्कासनमा परेका छन् । अमेरिकी अदालतको आदेशपछि उनीहरूलाई निष्कासन गरिएको हो ।
निष्कासनमा पर्नेमा यमप्रसाद तिवारी, घनश्याम खत्री र भुपाल विक रहेका छन्। उनीहरूले अवैध तरिकाले अमेरिका प्रवेश गरेका थिए।
गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेपछि उनीहरूलाई अध्यागमनले नियन्त्रणमा लिएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएसँगै अमेरिकाको आप्रवासन नीतिमा कडाइ गरेका छन् ।