Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना, ५ नेपालीको मृत्यु

महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना, ५ नेपालीको मृत्यु

शनिवार , माघ १९, २०८१

काठमाडौं । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ ।

महोत्तरी मनरा कट्टी नगरपालिकाका तीर्थालुहरू सवार रहेको बीआर ३२ पीए ४६६१ नम्बरका स्करपियो विहारको मुजफफपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

उनीहरूलाई पटनाको अस्पतालमा रेफर गरिएको छ । बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077