Online Nepal
  • शनिबार, २४ फाल्गुन २०८१
  • महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना, ५ नेपालीको मृत्यु

    महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना, ५ नेपालीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 993
    SHARES

    काठमाडौं । भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ ।

    महोत्तरी मनरा कट्टी नगरपालिकाका तीर्थालुहरू सवार रहेको बीआर ३२ पीए ४६६१ नम्बरका स्करपियो विहारको मुजफफपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।



    मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ । त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

    उनीहरूलाई पटनाको अस्पतालमा रेफर गरिएको छ । बाइकलाई बचाउन खोज्दा स्कारपियो अनियन्त्रित भइ ५ पटक सडकमा पल्टिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार