Online Nepal
  • शनिबार, २४ फाल्गुन २०८१
  • आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा खुल्ने

    आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १६ घण्टा खुल्ने

    अनलाइन नेपाल
  • शनिबार, १९ माघ २०८१
  • 168
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउँदै छ ।

    विमानस्थल पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटरनजिक कामको भौतिक प्रगति ६० प्रतिशत पूरा भएसँगै दैनिक दुई घण्टा विमानस्थल सञ्चालनको समय बढेको हो ।



    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल शनिबारदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा रहने छ ।

    यसअघि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार