कञ्चनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत भेटिएका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका-१८ स्थित वडा कार्यालय नजिकैको बाटोमा उनी मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार बिहान पौने ८ बजेको समयमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको छ ।
अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा खटिएको छ ।
घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर ल्याइने भएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।