Online Nepal
  • मंगलबार, १३ फाल्गुन २०८१
  • नेपाल बार एसोसिएसनको चुनाव चैत २३ गते गर्ने निर्णय

    नेपाल बार एसोसिएसनको चुनाव चैत २३ गते गर्ने निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १८ माघ २०८१
  • 192
    SHARES

    काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आगामी चैत २३ गते चुनाव हुने भएको छ ।

    नेपाल बारको बिहीबार बसेको कार्यसमिति बैठकले चैत २३ गते चुनाव गर्ने निर्णय गरेको हो ।



    बैठकले वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ।

    अब देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्ने चुनावबाट २७ ‍औँ कार्यसमिति चयन गर्नेछन् । कार्यसमिति २५ सदस्यीय हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार