Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

खोलामा डुबेर एक पुरुषको मृत्यु

खोलामा डुबेर एक पुरुषको मृत्यु

बुधवार , माघ १६, २०८१

सल्यान । सल्यानमा खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

दार्मा गाउँपालिका-३ बाँझठाना घर भएका वर्ष २५ का काले पाण्डेको दार्मा खोलामा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार पाण्डे दिउँसो एक बजेतिर खोलामा कपडा धुन गएका थिए ।

मानसिक रोग भएका उनी एक्कासि बेहोस भएर लड्दा खोलामा डुबेका थिए । पाण्डेको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077