Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अछाम घटना : आफन्तले बुझे शव, आज अन्त्येष्टि गरिँदै

अछाम घटना : आफन्तले बुझे शव, आज अन्त्येष्टि गरिँदै

बुधवार , माघ १६, २०८१

अछाम । अछाममा गोठालो गएका बेला मृत भेटिएकी सरस्वती खड्का र इसरा खड्काको शव आफन्तले बुझेका छन्।अ

छाममा गोठालो गएका बेला मृत भेटिएका उनीहरुको शव आज आफन्तले बुझेका हुन् ।

गत शुक्रबार ढकारी गाउँपालिका–८ घोडासैनको पल्साताबाट बाख्रा चराउन जंगल गएका सरस्वती र इसरा बेपत्ता भएका थिए। दोस्रो दिन शनिवार साँझ ढकारी–१ स्थित छिन्ने वडारमा उनीहरुको शव फेला परेको थियो।

उनीहरुको हत्या आरोपमा दुईजना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ। मंगलबार मृतक सरस्वतीका ठुलोबुबा र इसराका हजुरबुबा नाता पर्ने अवि खड्काले जाहेरी दर्ता गराएका हुन्।

प्रहरीका अनुसार किटानी परेका १५ र १७ वर्षका बालक हुन्। दुवै बालक ढकारी गाउँपालिका–३ तालीका स्थायी बासिन्दा र गुरुकुल माविमा क्रमशः कक्षा ८ र १० मा अध्ययनरत छन्।

दुवैजनालाई किशोरीहरुसँग नाताको सम्बन्ध रहेको प्रहरीले जनाएको छ। किटानी जाहेरीपछि जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली खटाइएको छ।

भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा गरिएको पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहे पनि घटनाको अनुसन्धान तीव्र रूपमा अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077