Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्रले गरे तौलेश्वरनाथ मन्दिरमा पूजा

पूर्वराजा ज्ञानेन्द्रले गरे तौलेश्वरनाथ मन्दिरमा पूजा

मंगलवार , माघ १५, २०८१

कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको तौलिहवा स्थित ऐतिहासिक तौलेश्वरनाथ महादेव मन्दिरमा पूजा गरेका छन् ।

उनी मंगलबार दिउँसो साढे ३ बजे मन्दिर पुगेर करिब २० मिनेटसम्म पूजा गरेका हुन् ।

पूजा कार्यक्रममा मन्दिरका प्रमुख पुजारी दुर्गेश गोसाईको नेतृत्वमा स्वस्तिक पाठसहित विधिवत पूजा सम्पन्न गरिएको थियो।

मन्दिरको ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्त्वबारे मन्दिर व्यवस्थापन समितिले जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077