Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

प्रहरी बिधेयक संसद पुग्यो, यस्तो छ १६ वर्षे पेन्सनसम्बन्धि प्रावधान

प्रहरी बिधेयक संसद पुग्यो, यस्तो छ १६ वर्षे पेन्सनसम्बन्धि प्रावधान

मंगलवार , माघ १५, २०८१

काठमाडौं । १६ वर्षमा तल्लो तहका प्रहरीलाई पेन्सन दिने प्रावधानसहितको प्रहरी बिधेयक अन्ततः संसद पुगेको छ।

गृह मन्त्रालयले बिधेयक मंगलबार संसदमा दर्ताका लागि पेश गरेको हो । बिधेयकमा तल्लो तहका प्रहरी कर्मचारीले लामो समयदेखि उठाउँदै आएको १६ वर्षमा पेन्सनसम्बन्धि प्रावधान समावेश छ ।

बिधेयकको दफा ५७(ग)मा प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीले न्यूनतम १६ वर्ष सेवा अवधि पुगेमा पेन्सन पाउने उल्लेख छ ।

तर, पेन्सन भने उनीहरुले प्रहरी सेवामा नियुक्त भएको २० वर्ष सेवा अवधि पुगेपछि मात्र दिने उल्लेख छ ।

प्रहरीका कर्मचारीले यस्तो प्रावधानका लागि माग गर्दै आएका थिए । यद्यपी बिधेयक संसदबाट पास भएपछि मात्र यो कार्यान्वायनमा जानेछ ।

त्यसका लागि केही महिना लाग्न सक्नेछ । बिधेयकमा ३० वर्षे सेवा हद नराख्ने तथा आइजिपीको अवकाशको उमेरहद ६० वर्ष बनाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077