Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

ताप्लेजुङ घटनाबारे सांसदहरुसँग छलफल गर्दै गृहमन्त्री लेखक

ताप्लेजुङ घटनाबारे सांसदहरुसँग छलफल गर्दै गृहमन्त्री लेखक

मंगलवार , माघ १५, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको घटनाबारे सांसदहरूसँग छलफल गर्ने भएका छन्।

गृहमन्त्री लेखकले ताप्लेजुङ घटनाबारे छलफल गर्न ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई साँझ ५ बजे छलफलका लागि गृह मन्त्रालयमा बोलाएका हुन्।

गत शनिबार पाथीभरा केबलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो।

पाथीभरा मुकुम्लुङ केबलकार दर्शन प्रालिले त्यहाँ कात्तिक २३ गतेदेखि निर्माणको काम सुरू गरेको थियो। निर्माण कम्पनी पक्षधर र अर्को पक्षबीच विरोध हुँदै आएको छ।

दुई पक्षबीच झडप हुँदा प्रहरी निरीक्षकसहित २१ जना घाइते भएका थिए। 'नो केबलकार' समूहका चार जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077