Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अमेरिकी अनुदान रोकियो, एमसीसी यथावत्

अमेरिकी अनुदान रोकियो, एमसीसी यथावत्

मंगलवार , माघ १५, २०८१

काठमाडौँ । अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित भएको छ ।

नेपाल सरकार र युएसएडबिच सन् २०२२ मे ५ तारिखमा भएको सम्झौता अनुसार नेपाललाई प्राप्त सहायतामध्ये बजेट प्रणालीमार्फत सर्वसञ्चित कोषबाट भुक्तान हुने प्रकृतिका अनुदान सहयोग तत्कालका लागि ९० दिनलाई स्थगित भएको हो ।

युएसएड नेपालले मन्त्रालयलाई पत्र लेख्दै ती परियोजना स्थगित भएको जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका अनुसार बजेट प्रणालीमार्फत सञ्चित कोषबाट खर्च हुने गरी ‘युएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’, ‘युएसएड एजुकेसन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ र ‘युएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट’ गरी चार वटा सहायता परियोजना अमेरिकी सहयोगमा सञ्चालित छन् ।

यस्तै अमेरिकी सरकारको सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसिसी) परियोजना भने तत्कालका लागि यथास्थितिमै सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077