Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

‘बाकावीर’ र ‘लोकराज’लाई शहीद घोषणा गर्न सिफारिस

‘बाकावीर’ र ‘लोकराज’लाई शहीद घोषणा गर्न सिफारिस

मंगलवार , माघ १५, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रीपरिषद्को सोमवारको बैठकले अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

बाकावीर र लोकराज ढकालको योगदानको कदर गर्दै मन्त्रीपरिषद्बाट सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ ।

बाकावीरलाई जिल्ला समन्वय समिति अछामको सिफारिस र ढकाललाई लम्की चुहा नगरपालिकाको सिफारिसको आधारमा पनि उनीहरूको योगदानको कदर गर्दै मन्त्रीपरिषद्बाट सिफारिस गरी गृह मन्त्रालयमा पठाउने निर्णय गरिएको बतायएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077