Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

अछाममा गोठालो गएका दुई किशोरी मृत फेला

आइतवार , माघ १३, २०८१

अछाम । अछाममा दुई जना किशोरीको शव फेला परेको छ। बाख्रा चराउन गोठाला गएका दुई किशोरी मृत भेटिएका हुन्।

मृत भेटिनेमा ढकारी गाउँपालिका-८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेकी छन्।

उनीहरू शुक्रबार घरबाट गाईबाख्रा चराउन निस्केका थिए। शुक्रबार दिनभरि सम्पर्कविहीन भएका उनीहरूको शव शनिबार साँझ ७ बजे फेला परेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलको सुरक्षाका लागि प्रहरी टोली खटिएको छ। शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीर रहेको अछाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077