Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

सुदूरपश्चिममा ६ महिनामा २५ हजार सवारी कारबाहीमा, १ करोड ८४ लाख संकलन !

सुदूरपश्चिममा ६ महिनामा २५ हजार सवारी कारबाहीमा, १ करोड ८४ लाख संकलन !

आइतवार , माघ १३, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशमा ६ महिनामा २५ हजार बढी सवारी कारबाहीमा परेका छन ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाको तथ्याङ्क अनुसार ६ महिनामा २५ हजार चार सय ७८ सवारी साधन कारबाहीमा परेका हुन्।

सुदूरपश्चिममा गत साउनदेखि पुस महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधन कारबाहीबाट सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले एक करोड ८४ लाख ५५ हजार राजस्व सङ्कलन गरेको हो।

सुदूरपश्चिममा सवारी साधन कारबाही पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छन् । प्रदेशमा ६ महिनाको अवधिमा १० हजार पाँच सय ६ मोटरसाइकल कारबाहीमा परेका छन् ।

मदिरा सेवन गरी सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र र बिल बुक बिना सवारी चलाउने, द्रुत गतिमा सवारी चलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्नेलगायत चालक र सवारी साधनलाई कारबाही गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077