Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिवार , माघ १२, २०८१

बैतडी । बैतडीमा आज बिहान भएको जिप दुर्घटना दुई जनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका– १ माडौंहमा भएको जिप दुर्घटना दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सिगास गाउँपालिका–१ इरानाकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेकी छन्।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सयमिटर खसेर दुर्घटना भएको हो।

दुर्घटनामा सिगासकै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया भागरथी धामी घाइते भएका छन् ।

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077