Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

काठमाडौं परिसरको एसएसपीमा टक्कर, पदस्थापन समेत हुन सकेन

काठमाडौं परिसरको एसएसपीमा टक्कर, पदस्थापन समेत हुन सकेन

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको एसएसपीमा कसलाई पठाउने भन्ने विवादका कारण हालै बढुवा भएका एसएसपीको पदस्थापन समेत रोकिएको छ।

परिसरमा प्रहरी महानिरीक्षक बसन्त कुँवर र गृहमन्त्री रमेश लेखेकले एसएसपी विश्व अधिकारीलाई पठाउन चाहेका छन् ।

तर शक्तिकेन्द्र र केही व्यापारीहरुले एसएसपी रमेश बस्नेतलाई पठाउन दबाब दिएपछि सरुवा र पदस्थापन रोकिएको स्रोत बताउँछ ।

शुक्रबार दिउँसो पनि सरुवाको विषयमा गृह मन्त्रालयमा छलफल भएपनि निर्णय हुन सकेन । साँझ फेरि छलफल गर्ने र काठमाडौंको एसएसपीमा सहमति हुन नसकेमा पदस्थापन मात्र निकाल्ने तयारी छ ।

उता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई भने आफ्नो सरुवा रोक्न दौडधुपमा लागेका छन्।

सो कार्यालयको प्रमुख भएको १० महिना हुँदा पनि एउटै राम्रो काम गर्न नसकेका उनी शक्तिकेन्द्रलाई प्रभावमा पारेर सरुवा रोक्न लागिपरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077