Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अख्तियारलाई हर्क साम्पाङको जवाफ - एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है !

अख्तियारलाई हर्क साम्पाङको जवाफ - एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है !

शुक्रवार , माघ ११, २०८१

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूविरुद्ध परेको उजुरीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफ फर्काएका छन् ।

अख्तियारलाई जवाफी पत्र लेख्दै मेयर साम्पाङले श्रमदान अभियानको खेदो नखन्न आग्रह गरेका हुन् । मेयर साम्पाङले लेखेको औपचारिक पत्रमा अनौपचारिक र बोलिचालीको भाषा प्रयोग गरिएको छ ।

श्रम संस्कृति पार्क निर्माण, खानेपानी आयोजनाहरू निर्माण र सुम्निमा पारुहाङको मुर्ती निर्माणमा अनियमितता भएको भन्दै हर्कविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

मेयर साम्पाङले एनसेल, वाइडबडीतिर लाग्न सुझाव दिँदै भनेका छन्,'एनसेल, वाइडबडीजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला। बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला। केही छिनपछि भात पकाउनु परो, भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुट्‌नु परो, त्यसको लागि नि पानी चाहिन्छ। जुठो भाँडा लडाइराख्न मिलेन धुनैपरो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भूएन, धुनैपरो। लुगा धुन पनि पानी नभइ नहुने। स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्ल्यूएचओ, नुहाउनलाई नि पानी चाहियो। यसो... करेसाबासी र बगैँचातिर पनि पानी चाहिने नै भयो। फेरि सुँगुर, कुखुरालगायतका चौपायालाई पनि पानी नखुवाइ नहुने।'

मेयर साम्पाङलाई यसअघि गत माघ २ गते अख्तियारले स्पष्टीकरण सोधेको थियो। उनले केन्द्र सरकारले कोशीबाट पानी ल्याउने भनेको तर, अहिलेसम्म केही नभएको पनि बताए।

धराने जनतालाई पानी खुवाउन आफू स्वायत्त रहेको मेयर साम्पाङको जिकिर छ। उनले धरानको खानेपानी बोर्ड स्वायत्त निकाय भन्दै यसले नगरबासीलाई पानीको आपूर्ति गर्न सबै खाले विधि अपनाउन सक्ने जिकिर गरेका छन् ।

हरेक काममा पानी चाहिने भन्दै उनले केन्द्र सरकारलाई गरेको अनुरोध नसुनेकोले थोत्रे गाग्री लिएर काठमाडौं जानुपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077