काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन्।
परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनाप्रति दुःख व्यक्त गरेकी हुन्। उनले दुर्घटनामा परेर नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी छन्।
परराष्ट्रमन्त्री राणाले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन् ।
उनले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार तथा घाइतेको उपचारमा तदारुकताका साथ लाग्न भारत सरकार तथा सरोकार भएका निकायसँग आग्रह गरिन्।
गएराति भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित ११ जना भारतीयको ज्यान गएको छ ।
Leave a Reply