Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

अवकाशको मुखमा दरबन्दी थप्ने दौडधुपमा डिआइजी

अवकाशको मुखमा दरबन्दी थप्ने दौडधुपमा डिआइजी

बिहिवार , माघ १०, २०८१

काठमाडौं । पदावधिका कारण अवकाशमा जान लागेका सशस्त्र प्रहरी बलका डिआइजी किशोर प्रधानको दौडधुप देखेर गृह मन्त्रालयका अधिकारी समेत चकित भएका छन् ।

२२ माघदेखि अनिवार्य अवकाशमा जान लागेका प्रधान त्यसअघि दरबन्दी थपेर आफू एआइजीमा बढुवा हुने चलखेलमा लागेका छन् ।

डिआइजीको पाँच वर्षे पदावधिका कारण उनले अवकाश पाउन लागेका हुन्। तर, एआइजीमा बढुवा भए उनको जागिर अवधि लम्बिन्छ ।

त्यो अवस्थामा आइजिपी समेत बन्न सक्छु भन्दै ठूलो रकम खर्च गरेर उनी बिचौलिया समेत लगाएर दरबन्दी थप्न लागिपरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका पिए राजेश बज्राचार्यलाई उनले प्रभावमा पारिसकेका छन्। सो कामका लागि बज्राचार्यलाई उनले हातमा लिइसकेको चर्चा गृहमा छ।

गृहमन्त्री रमेश लेखकलाई भने उनले बिचौलिया रामचन्द्र भट्टमार्फत प्रभावमा पार्ने प्रयास गरिरहेका छन्। भट्ट परराष्ट्रमन्त्री आरजु राणा देउवाको नाममा समेत नेपाल प्रहरी र सशस्त्र प्रहरीमा बिचौलियाको रुपमा काम गर्दै आएका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार गत ६ माघको दिउँसो करिब चार बजे बालुवाटार पुगेर उनले प्रधानमन्त्री ओलीसँग पनि भेट गरेका थिए।

जसमा ओलीले उनलाई आश्वासन दिएका थिए। १/२ दिनभित्रै दरबन्दी थपको निर्णय नभए आफूले अवकाश पाउने भन्दै बिहीबार पनि उनी राजेश बज्राचार्यसँग हारगुहार गरिरहेको बालुवाटार स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077