धरान । चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालय दुई दिन बन्द भएका छन् ।
केही दिनयता चिसो र शीतलहर बढेपछि आज र भोलि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।
उनले भने, “मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।”
केहीदिन यता तराईका जिल्लामा अत्यधिक चिसो बढेको छ ।
Leave a Reply