काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो उनीहरुबीच भेट भएको हो।
भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो।
भेटमा बेलायती राजपरिवारका सदस्य डुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।