काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बसीबसी एकै दिनमा कम्पनी र भ्याट दर्ता जस्ता काम गर्न सकिने गरी प्रणालीको विकास गरिने बताएका छन् ।
बालुवाटारमा आज सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले सूचना र प्रविधिको प्रयोग गरेर नागरिकलाई सहज सेवा दिन लागि पर्ने बनाउने बताए।
प्रधानमन्त्री ओलीले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको स्पष्ट पारे।
कार्यक्रममा हालै सरकारले ल्याएको अध्यादेशमा नेपाली सूचना प्रविधि (आईटी) कम्पनीहरूले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेश मार्फत कानुन संशोधन गर्ने निर्णय गरेको प्रति धन्यवाद दिए।